ओलीको गृहनगरमा प्रधानन्यायाधीशविरुद्ध जुलुश
३० असार २०७८, बुधबार १९:३१
झापा । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा सर्वोच्च अदालतको आदेशविरुद्ध जुलुश प्रदर्शन भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध एमालेका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई बहिर्गमन गराउने गरी भएको सो आदेशका विरुद्ध एमालेका नेता कार्यकर्ताले ओलीको पक्षमा प्रदर्शन गरेका हुन् ।
दमकको गणतन्त्र चोकमा भेला भएका एमाले कार्यकर्ताहरुले अदालतको आदेशविरुद्ध जुलुश निकाल्दै ओलीका पक्षमा नारा लगाएका छन् ।
उक्त जुलुशले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा एमाले कार्यकर्ता, स्थानीय नेता, एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिलगायतको सहभागीता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया