देवानगन्ज सहित सुनसरीमा १० जना कोरोना सङ्क्रमित थपिए – Nagarikabhiyan : National News

देवानगन्ज सहित सुनसरीमा १० जना कोरोना सङ्क्रमित थपिए

देवानगन्ज । सुनसरीमा शुक्रवार थप १० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५६ पुगेको छ ।

थपिएका सङ्क्रमितहरू सबै क्वारेनटाइनमै बसेकाहरू रहेको बताइएको छ । भोक्राहा क्वारेनटाइनमा बस्ने ६ जना, देवानगन्ज क्वारेनटाइनमा बस्ने २ जना र हरी नगर क्वारेनटाइनमा बस्ने २ जना गरी १ महिला र ९ जना पुरुष गरी जम्मा १० जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ।

उनीहरू देश बाहिरबाट आएर क्वारेनटाइनमा बसेकाहरू रहेको बताइएको छ ।