प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई – Nagarikabhiyan : National News

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाका राजदूत  र्‍यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
राजदूत बेरीले ‘अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गर्दछ’ भनेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिएका हुन् ।