सबल द्वारा ६७ जना बिपन्न समुदायका( ईसिडी ) बालवालिकाहरू लाई खाधायान्न सामग्री बितरण – Nagarikabhiyan : National News

सबल द्वारा ६७ जना बिपन्न समुदायका( ईसिडी ) बालवालिकाहरू लाई खाधायान्न सामग्री बितरण

राजबिराज । रूपनी गाउपालिका वडा ५ स्थित बसबिटी मा बालबिकास केन्द्र बालवालिकाहरूलाई खाधान्न सामग्री बितरण गरिएकाे छ ।

साेमवार सबल नेपालकाे अायाेजनामा तथा डब्लुएचएच/फलाई एण्ड हेल्प/अाईडा काे अार्थिक सहयाेगमा मुक्तेश्वरनाथ प्राथमिक बिधालय, बसबिटीका २५ जना वालवालिकाहरूलाई खाधान्न सामग्री बितरण गरिएकाे हाे ।

अति, बिपन्न समुदायका बालवालिकाहरूलाई लक्षित गरि सबल नेपाल द्वारा संचालित बालबिकास भवन निर्माण कार्य( ईसिडी) अन्तर्गत साे निर्माणमा बचेका रकमवाट बालवालिकाहरूलाई खाधान्न उपलब्ध गराएकाे सबल नेपालका सिनियर ब्यानेजर असाेक साहले बताउनु भयाे ।

बितरण गरिएकाे खाधयान्न सामग्री मा चामल ३० केजी, दाल २ केजी, तेल २ केजी, चिनी २ केजी र नुन दुई केजी नुहाउनु साबुन २ वटा, लगायतका प्रति बिधार्थीहरू लाई ३ हजार ९५ रूपैया बराबर काे दर ले उपलब्ध गराएकाे साह ले जानकारी दिए ।

यसैगरी रूपनी गाउपालिका २ स्थित अार्दश सरस्वति प्राथमिक बिधालय लाैवापार बालबिकास केन्द्रका ४२ जना बालवालिकाहरूलाई खाधान्न सामग्री प्रदान गरिएकाे सबल नेपाल ले जनाएकाे छ ।

दुबै बालबिकास केन्द्र ६७ जना बालवालिकाहरूलाई दुई लाख ७ हजार ३ सय ६५ रूपैया बराबरकाे खाधायान्न सामग्री प्रदान गरिएकाे बताईएकाे छ ।

सबल नेपाल ले रूपनी गाउपालिका वडा नम्वर ५ र २ मा बालवालिकाहरूलाई अध्ययन अध्यापन गर्न कठिनाई भईरहेकाे अबस्थामा बालवबिकास केन्द्र भवन निर्माण कार्यले बालवालिकाहरूलाई अध्ययन गर्न सहज हुने रूपनी ५ का वडा अध्यक्ष जगदिश दास ले खुशी ब्यकत गरे।

रूपनी गाउपालिका अध्यक्ष हेरराम यादबकाे अध्यक्षतामा अायाेजित खाधयान्न बितरण कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी जय नारायण अाचार्य, प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसन्धान उपनिर्देशक नरेश कुमार साह, सबल नेपालका अध्यक्ष जुना गिरी, डब्लुएचएचका ईन्जिनियर कमल चापागाई, शिक्षा संयाेजक श्याम यादब, वास संयाेजक मिधलेश यादब, सबल नेपालका कार्यक्रम संयाेजक रबिकान्त देव, सबल नेपालका काेषाध्यक्ष अायुष श्रेष्ठ लगायत शिक्षक, शिक्षिकाहरूकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे संचालन सबल नेपालका असाेक साह ले गरेका थिए ।