दाङमा त्रिशुल प्रहारबाट एक जनाको हत्या – Nagarikabhiyan : National News

दाङमा त्रिशुल प्रहारबाट एक जनाको हत्या

दाङ । दाङमा शुक्रबार त्रिशुल प्रहारबाट एक जनाको हत्या भएको छ ।

बबई गाउँपालिका ३ धनबाँस गुन्द्रीका नारायण डाँगीलाई स्थानीय युवा बालाराम ओलीले त्रिशुल प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।

त्रिशुल प्रहारबाट गम्भीर घाइते डाँगीको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।

ओलीले गाउँमा रहेको मन्दिरको त्रिशुल उप्काएर डाँगीमाथि प्रहार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार हत्याको कारण भने खुल्न सकेको छैन ।