अपराध अनुसन्धान र शान्ति सुरक्षाको विषयमा काेहि पक्ष सँग झुक्दैन : एसपी सन्जयसिंह थापा – Nagarikabhiyan : National News

अपराध अनुसन्धान र शान्ति सुरक्षाको विषयमा काेहि पक्ष सँग झुक्दैन : एसपी सन्जयसिंह थापा

प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासु जस्तै रहेको प्रहरी नायव निरिक्षक थापाको भनाई

असार २७, सुनसरी। सुनसरी जिल्लामा भर्खरै मात्र सरुवा भएर आएका प्रहरी प्रमुख नायव निरीक्षक एसपी सन्जयसिंह थापाले आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको सभाहलमा जिल्लाका पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।कार्यक्रममा बोल्दै एसपी थापाले कानुन कार्यान्वयनमा कुनै पनि कम्प्रोमाइज नगर्ने,बोलेर भन्दा काम गरेर देखाउने आफ्नो कार्यकालमा अपराध अनुसन्धानमा कुनै पनि पक्ष सँग नझुकेर कार्वाही गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा गरिएको पत्रकारहरु सँग छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख थापाले सुनसरी जिल्लामा आएर आफु टुलुटुलु हेरेर नबस्ने र कानुन कार्यान्वयनमा कारबाही गरेर देखाउने बताए । थापाले आफुले कुनै खास छुट्टै योजना नबनाएको जनाउँदै नेपाल प्रहरीको कार्ययोजनानै लागु गर्ने बताए । तर यो जिल्लामा तस्करी र ,जुवातास र लागूऔषध सेवन होटलहरुमा हुने यौन धन्दा लगायतको तथा कारोबार भएको भन्दै त्यसलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताउदै जिल्लामा हुने शान्ती सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, महिला हिंसा, झैझगडा अन्त्य गर्न पत्रकारहरुसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो ।

परिचयात्मक कार्यक्रममा पत्रकाहरूले कसैले दबाब र प्रभावमा नपरी काम गर्न जिल्ला प्रहरी प्रमुख थापालाई सुझाव दिएका थिए । शान्ति सुरक्षाका हिसाबले संवेदनशील भएको भन्दै पत्रकारहरूले कसैको प्रभाव र दबाबमा नपरेर शान्ति शुरक्षामा खटिन थापालाई अनुरोध समेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भएर आउनु भएको एसपी थापाले पत्रकार र प्रहरी बीचको सम्बन्ध नङ र मासुको जस्तो भएको बताउदै सुचना खाेजी र प्रवाह गर्ने विषयमा पत्रकारहरुलाई सहज तरिकाले सुचना उपलब्ध गराउने प्रतिबद्धता समेत थापाले बताउनु भयो। परिचयात्मक कार्यक्रममा सहभागि पत्रकारहरुले सुनसरीमा लागु औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी नियन्त्रणसँगै जिल्लामा शान्ति सुरक्षा प्रदान गर्नु प्रहरीले सबै सँग सहकार्य गर्दै जान सुझाव दिएका छन्।

पत्रकारहरुले जिल्लामा दुव्र्यशनीले विकराल रुप लिदै गएकोले प्रहरी प्रशासनलाई न्युनीकरणको लागि कडाई गर्न, खुल्ला सिमानाकाले कर छली भइरहेको र ढुकुटी कारोवारले सुनसरी बद्नामी हुदै आर्थिक मन्दी भएकाले प्रहरीलाई निगरानी बढाउन, प्रहरी प्रशासन अनुसन्धानमा दखल भएपनि जिल्लामा कमजोर देखिएकोमा प्रश्न गर्दै लागु औषधसँगै काठ तस्कर, गाइ, राङा, पाडा पाडी लगायत मदिराको तस्कर बढ्दै गएको र समाजमा सद्भाव विग्रदै गएकोले कमजोरी रहेको क्षेत्रमा प्रहरी प्रशासनले सबैसँग समन्वयन गर्नुपर्ने र योजनाबद्ध तरिकाले शान्ति सुरक्षा कायम् गर्न नागरिक स्वंम जिम्मेवार भएर कार्य गर्न वातावरण बनाइदिने आग्रह गरेका छन्।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्जयसिंह थापा, प्रहरी उपरीक्षक नगेन्द्र कार्की, पत्रकार महासंघका अध्यक्ष जनकऋषि राई लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।