१५ लाख अमेरिकी खोप नेपाल आइपुग्यो – Nagarikabhiyan : National News

१५ लाख अमेरिकी खोप नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकाले सहयोग गरेको कोरोनाविरुद्ध १५ लाख डोज खोप नेपाल आइपुगेको छ ।

अमेरिकी खोप जोनसन एण्ड जोनसन खोप कतार एयरवेजको जहाजमार्फत सोमबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् ।