पाल्पामा बाढी र पहिरोले ६ घर बगायो, १ जनाको मृत्यु १ बेपत्ता – Nagarikabhiyan : National News

पाल्पामा बाढी र पहिरोले ६ घर बगायो, १ जनाको मृत्यु १ बेपत्ता

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

गएराति झरेको पहिरोका कारण सात जना घाइते भएका छन् । पहिरोले पुरिएर तिनाउ गाउँपालिका५ का ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरोमा स्थानीय पूजा परियारका चार वर्षीय छोरा वेपत्ता भएको र स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको प्रहरीको भनाइ छ । पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ । ज्योतिन्यूज बाट