नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली सहित १४ नेतालाई रिहा गर्न आदेश – Nagarikabhiyan : National News

नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली सहित १४ नेतालाई रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली सहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ ।

आगजनी लगायतका मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले आज रिहा गर्न आदेश दिएको हो ।

विप्लव नेतृत्वको नेकपासँग सरकारले तीन महिनाअघि गरेको सहमति अनुसार पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने भनिएपनि हालसम्म रिहाइ हुन नसकिरहेको बेला सर्वोच्चले आज सो आदेश दिएको हो ।