इटहरीको आपगाछीमा दूध बोक्ने गाडी र माेटरसाइकल ठाेक्किँदा एक जनाको मृत्यु – Nagarikabhiyan : National News

इटहरीको आपगाछीमा दूध बोक्ने गाडी र माेटरसाइकल ठाेक्किँदा एक जनाको मृत्यु

इनरुवा । सुनसरीको इटहरी र तरहराको बीच आपगाछीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक(डिएसपी) अर्जुन केसीले दिएको जानकारी अनुसार साढे ३ बजेतिर धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ प ३४४१ नम्बरको दूध बोक्ने गाडी र स ५ प ७३०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा–५ का २६ वर्षीय नरेश यादवको उद्धार गरी उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।