भोक्राहाका बाढी प्रभावित लाई अल ईस्लाह एजुकेसनल एन्ड वेल्फेयरको राहत ! – Nagarikabhiyan : National News

भोक्राहाका बाढी प्रभावित लाई अल ईस्लाह एजुकेसनल एन्ड वेल्फेयरको राहत !

भोक्राहा । सुनसरी भोक्राहा नरसिंहमा सुनसरी खोलाको बाढी बाट प्रभावित घरपरिवार लाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

केही दिन देखि लगातारको बर्षाले सुनसरी खोलामा आएको बाढी बाट विस्थापित भएको घरपरिवार चुल्हो बाल्न समेत अप्ठ्यारो भएको समयमा अल इस्लाह एजुकेसनल एन्ड वेलफेयर सोसाइटी नेपाल संस्थाले आइतबार पालिका वार्ड न. ५ को राम टोल, यादव टोल, टपरा टोल ,सिसवनी टोलका १५० गरिब तथा अति विपन्न घरपरिवार लाई खाद्यान्न समान प्रदान गरिएको संस्थाका अध्यक्ष नोसाद अन्सारीले जानकारी दिएको हो।

अध्यक्ष अन्सारीका अनुसार खाद्यान्न सामग्री अन्तर्गत भुजा, चाउ चाउ, बिस्कुट ,खानेपानी लगायतका सामग्री वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा पालिका वडा न. ५ का वडा अध्यक्ष बस्रुदिन मन्सुरी, नेपाली काङ्ग्रेस गाउँ सभापती युबराज दाहाल, अजमल आजाद, अस्फाक आलम, बेचन मेहता, शिव ना.मेहता, जियाउल सेराज, मुर्सिद समिम, सब्बिर हमजा ,हारिस सबिब ,लुकमान सदाम , जमिल मेहदिन ,जमाल नौसाद , जय प्रकाश ठाकुर ,श्यामदेब किशोरी ,नुनुलाल इसाक, ईम्ताज लगायत व्याक्तिहरुको सहभागीतामा राहत सामग्री वितरण गरिएको हो।