हातपात तथा दुव्र्यवहार गर्ने माथि कानुनी कार्वाहीको माग ।
२१ असार २०७८, सोमबार १३:३०
इनरुवा । सुनसरीको बर्जु गाउँपालिका वार्ड न. १ शुक्रबारे स्थित रहेको श्री नवदुर्गा मा वि मा का प्रधानाध्यापक माथी हातपात र दुव्र्यवहार गर्ने लाई कार्वाही माग गरेको छ ।
विधालय व्यवस्थापन समितिको बैठकमा प्र अ कंचन कुमार मण्डल माथी हातपात तथा दुव्र्यवहार भएको हो ।
असार १४ गते विधालय व्यवस्थापन समितिको बैठक बसिरहेको क्रममा प्र अ कन्चन कुमार मण्डल माथी हात पात र दुव्र्यवहार भएको थियो । हात पात र दुव्र्यवहार भएको खबर विभिन्न पत्र पत्रीका र समाजिक संजालहरुमा पेसा गत संघ \ संगगठन मन्चले उक्त घटनामा वडा अध्यक्ष समेत उपस्थित भइ गराएको खबरले म वडा अध्यक्ष श्याम कुमार गुरुङ्ग घटना प्रती गम्भीर हुँदै त्यो खबर भ्रमक र चरीत्र हत्या गर्ने उद्देश्यले निर्देसित हुनुका साथै उक्त घटनामा आफू संलगन नरहेको अषार २० गते आइतबार प्रेस पत्र सार्वजनिक गरेका छन ।
अध्यक्ष गुरुङ्गका अनुसार असार १४ गतेको बैठक मोखिक रुपमा स्थगित गरि अर्को बैठकमा छ्लफल गरि निर्णय गर्नु पर्छ । भन्दै म गाउँपालिकाको बैठकमा जानू पर्ने भएको हुदा आफू गाउँपालिकाको कार्यालय तर्फको लागेको र करिब २ घन्टा पछि प्र अ कन्चन सर पनि कार्यापालिकाको बैठकमै उहाँ पनि आइ पुग्नु भयो। त्यस पछी आफू घटनामा प्र अ कन्चन माथि हात पात तथा दुव्र्यवहार भएको खबर थाहा पाए।
उक्त घटना प्रती म आफै दु:खद प्रकट गर्दै, प्र अ माथी हातपात भएको कार्य निन्दनीय भएको भन्दै सबै सरोकारवालाहरु सङ्ग घटना बारेमा सत्यतथ्य पता लगाइ दोषी माथी कानुनी कारबाही अगाडि बढाउन वडा अध्यक्ष गुरुङ्गले माग गरेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया