सरकारसँग विप्लव नेकपाको मागः १० दिनभित्र नेता कार्यकर्ता रिहा गरियोस् – Nagarikabhiyan : National News

सरकारसँग विप्लव नेकपाको मागः १० दिनभित्र नेता कार्यकर्ता रिहा गरियोस्

काठमाडौँ । सरकारले आफूसँग भएअनुसारको सहमति कार्यान्वयन गरेको भन्दै नेकपा विप्लव समूह असन्तुष्ट बनेको छ । नेकपाले आफन नेता कार्यकर्तालाई तत्काल रिहा गर्न समेत माग गरेको छ ।

विप्लव नेतृत्वको नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ताको क्रममा उनीहरुले १० दिनभित्र नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु पुग्नुभएको थियो ।

सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले आइतबारै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं, ‘बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं । यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो ।ज्योतिन्यूज सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’

विश्वकर्माले सरकारको तर्फबाट राजन भट्टराईलाई आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको पनि जानकारी दिनुभयो ।

सरकार र विप्लव समूहबीच २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो । विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले प्रतिबन्ध फुकुवा गरेर कारागारमा रहेका नेता कार्यकर्ता रिहा गर्ने सहमति भएको थियो ।