राष्ट्रियसभामा गृहमन्त्रीलाई सांसदको प्रश्न : राहत दिने भन्दै किन ढाँट्छ सरकार ? – Nagarikabhiyan : National News

राष्ट्रियसभामा गृहमन्त्रीलाई सांसदको प्रश्न : राहत दिने भन्दै किन ढाँट्छ सरकार ?

काठमाडौं ।  राष्टियसभाको बैठकमा सरकारले अघिल्लो वर्ष बाढी पीडितलाई घोषणा गरेको राहत अझै नदिएको भन्दै गुनासो गरेका छन्। गृहमन्त्री विष्णु पौडेलले बैठकमा बाढी प्रभावितहरूका लागि सरकारले गरेको कामको फेरिहस्त सुनाए पछि अघिल्लो वर्षका बाढी प्रभावितले यो वर्षसम्म किन राहत पाएनन् भनेर प्रश्न गरे । सांसद प्रकाश पन्थले बाढी पहिरो जस्ता विपत्तिका गृहमन्त्रालयको तयारी छेपारोको उखान जस्तो हुने गरेको बताए ।

उनले अघिल्लो वर्षका प्रभावितले अहिलेसम्म राहत नपाएको बताए। सांसद अनिता देवकोटाले कहिले बाढी पहिरो जान्छ र जाउँला भनेर सरकार बस्ने गरेको बताउँदै कुनै तयारी नगरेको उल्लेख गरिन्। यस्तै सांसद रामनारायण विडारीले कोसी, गण्डकी, महाकाली नदीमा अनावश्यक सम्झौता गरेका कारण नदीमा ढोका लगाएका कारण तराई डुबेको बताउँदै त्यहाँ बाढी रोक्न भारतसँग सरकारले के गरेको छ भन्दै प्रश्न गरे ।

सांसद उदया शर्माले लमजुङ बेंसीशहर बाटो कहिले खुल्छ भनेर जनताले फोन गरिरहेको बताउँदै गृहमन्त्रीको ध्यानाकर्षण गराइन् । सांसद शेरबहादुर कुँवरले अछामको रामारोशनमा अघिल्लो बर्ष भदौ २ गते बाढीले तहसनहस पारेको उल्लेख गर्दै त्यहाँ अहिलेसम्म राहत नदिएको उल्लेख गरे । सरकारले अघिल्लो बर्ष हिमालमा घरबास नहुनेका लागि ३ लाख, पहाडमा २ लाख र तराईमा १ लाख दिने भनेपनि अहिलेसम्म नपाएको जानकारी गराउँदै उनीहरुले कहिले राहत पाउँछन् भन्दै प्रश्न गरे ।

यस्तै सांसद महेशकुमार महराले डडेलधुरा जिल्लाको परशुराम नगरपालिका८ नम्बरको स्वास्थ्य केन्द्रकी कर्मचारी अस्मिता धामी यही असार २ गते को’भिड खोपलिएर जाँदा उनको जंगलमा ह,त्या गरिएको भेटिएको जानकारी गराए। उनले धामीको ह,त्यारा कहिले पत्ता लाग्छ भन्दै निर्मला पन्तको अवस्था हुने त हैन भन्दै प्रश्न गरे।अर्का सांसद जिवन बुढाले अघिल्लो वर्ष कालिकोटमा ३ सय परिवार बाढीबाट प्रभावित भएको र २ सयजना अझैपनि प्ला’ष्टिक ओडेर बसेको भन्दै उनीहरुको पुनःस्थापना कहिले हुन्छ भन्दै जिज्ञासा राखे ।