प्रतिनिधिसभा विघटनः सभामुखका कानुन व्यवसायीको बहस शुरु – Nagarikabhiyan : National News

प्रतिनिधिसभा विघटनः सभामुखका कानुन व्यवसायीको बहस शुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा आइतवार सभामुख अग्नि प्रसाद सापकोटाको तर्फबाट बहस शुरू भएको छ । अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गर्नुभएको छ ।

सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय छुट्याइएको छ । अधिवक्ता पोखरेलले १ घण्टा बहस गर्ने बताइएको छ ।

पोखरेलपछि सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्ने तालिका छ ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्नेसंवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई हुनुहुन्छ ।

८ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसविरुद्ध ३० रिटहरु सर्वाेच्चमा दर्ता भएका छन् ।ज्योतिन्यूज अबको दुई तिन दिनभित्रै उक्त मुद्धाको फैसला आउने देखिएको छ ।