गौतमपुरका किसानलाई पम्पसेट र कृषि औजार
१९ असार २०७८, शनिबार १७:५१
सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुरका किसानलाई पम्पसेट वितरण गरेको छ । नहर भएरपनि पानी नआएकाले सिचाई गर्न समस्यामा रहेका किसानहरुलाई भुमिगत पानी सिचाई गर्न पम्पसेट वितरण गरेको हरिनगर गाउँपालिका कृषि शाखाले जनाएको छ । गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तरगत मकै पकेट कार्यक्रम संचालन भएको गौतमपुरका किसानलाई पम्पसेट वितरण गरेको हो । गाउँपालिकाले शुक्रबार जनकल्याण कृषक समूह मार्फत दुई वटा पन्प सेट वितरण गरेको हो । किसानलाई एक कार्यक्रमको आयोजना गरि हरिनगर गाउँ पालिकाका अध्यक्ष गफार अंसारीले पम्प सेट हस्तान्तरण गर्नुभयो । त्यसैगरी कृषि विकास शाखाले समूहका किसानलाई एउटा होण्डा, १२ वटा मोटर, १२ वटा बोरिगं, बारी खन्ने औजार एउटा। ३० थान स्पेयर , ३४ थान त्रिपाल, १० रोल पाईप, रिपर सहित वितरण गरेको समूहका सुशिल मेहताले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तगर्त मकै पकेट परियाजनाको कृषि सामग्री तथा कृषि औजार पालिका अध्यक्ष गफार अंसारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रासाशकिय अधिकृत भक्त बहादुर खडका,कृषि शाखा प्रमुख लक्ष्मी मेहता, हरिनगर गापा वडा नम्बर ३ का अध्यक्ष अरविन्द मेहता सहितकाले हस्तान्तरण गर्नुभएको थियो ।
१ सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुरका किसानलाई पम्पसेट वितरण गर्दै अधयक्ष गफार अंसारी । तस्विर ः । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया