सप्तकोशी नदिमा पानीको बहाव यो वर्षकै उच्च, सुनसरी खोलाको बाढीले दर्जन बढी परीवार विस्थापित
१९ असार २०७८, शनिबार १३:१८
नेपाल कै सबै भन्दा ठूलो नदी सप्तकोशी नदिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सप्तकोशी नदिमा शनिबार बिहान ९ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव २ लाख ३१ हजार ६५५ क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । सप्तकोशी नदिमा पानीको सहत बढेपछि कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले ३० वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिनुभयो ।
सुनसरी खोलामा बाढी आउदाँ दर्जन बढी विस्थापित
सुनसरी सदरमुकाम इनरुवा सहित विभिन्न पालिकामा सुनसरी खोलामा आएको बाढीले दर्जन बढी घर परिवार विस्थापित भएका छन् । यहाँ बाढी आउदाँ दर्जन बढी विस्थापित भएका छन् भने सयौ घर डुवानमा परेको छ । खोलाको पानी सतह भन्दा माथी उठेकाले बस्ती प्रवेस गरि डुबान भएको हो ।
इनरुवा ४ , ९ र १० का केही टोल सहित भोक्राहा नरसिंह गाउपालिका ५ र ७ को ठपरा र नसिंह टोल डुवानमा परेको छ । डुवानका कारणले १३ घर परिवार पूर्ण विस्थापित भएको स्काउट नेपाल भोक्राहा नरसिंहका संयोजक रमेश कुमार यादवले जानकारी दिनुभयो । यादवका अनुसार बाढी गाउँमा पसेको सूचना स्काउटमा आएकाले सो सूचना जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र सीमा सुरक्षा बल जिल्ला कार्यालय इनरुवा, सशस्त्र प्रहरी भुटाहा वेस क्याम्पमा फरर्वाड गरेकाले तत्काल १३ परिवारलाई उद्धार गरि चित्रगुप्त आधारभुत विद्यालयमा राखिएको छ । यादवले दिएको जानकारी अनुसार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले प्रहरीलाई निर्देशन दिएको र तत्काल उद्धारको काम गरेको थियो । विस्थापितहरुलाई विद्यालयमा राखिएको र राहतको पहल जारी राखेको यादवले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक संजयसिंह थापा र सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेल सहितले मातहतका प्रहरी युनिटन परिचालन गरेर शुक्रबार राती र सनिबार विहान बाढीमा फसेका बालबालिकाहरुलाई सकुशल उद्धार गरिएको प्रजिअ ढकालले बताउनुभयो । ढकालले उद्धार गरिएका परिवारलाई सुरक्षित स्थानमा राखिएको र उनीहरुलाई राहतका लागि स्थानीय तहलाई पहल गर्न आग्रह गरेको बताउनुभयो । बाढी बढेदै गए सय भन्दा बढी परिवार विस्थापित हुने अवस्थामा रहेको स्थानीय स्काउट सदस्य अजमल अंसारीले जानकारी दिनुभयो । अर्का स्थानीय प्रभु मण्डलका अनुसार सशस्त्र प्रहरी निरीक्षक ज्ञान बहादुर श्रेष्ठ सहितको टोलीले तत्काल उद्धार गरिएको थियो । बाढी पीडितहरुमा नानु मलाहा, सुदर खत्वे, सम्भु पण्डि, अम्भु पण्डित, असोक खत्वे, झमेली खत्वे, हिरालाल खत्वे, कुलदिप कामत, आशोदेवी कामैत, करिया राम, तुलसी मलाह, विमल खत्वे , मोति खत्वे लगायतका रहेका छन् । पीडितहरुले राहत तत्काल दिनुपर्ने माग गरेका छन् भने उद्धार गर्ने प्रहरीलाई धन्यवाद दिएका छन् ।

बाढीको जोखिम उच्च बढेकाले विपद व्यवस्थापनका लागि प्रशासन तयारी
इनरुवा, असार १८ गते । जिल्ला प्रशासन कार्यालय सुनसरी विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ । वर्षा र मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको सुनसरी प्रशासनले जनाएको छ । विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तयारी अवस्थामा रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनको पूर्वतयारी, उद्दार, पुर्नस्थापना तथा राहतको काममा तीनवटै सुरक्षा निकायका साथै जिल्लाका सबै तहहरुलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिइएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न निकाय र स्थानीय तहको विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम अगाडी बढाइसकिएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन जिल्लाका १२ वटै स्थानीय तहहरुलाई निर्देशन दिदै हरेक स्थानीय तहले एक थान रबर बोट, ५० थान लाइफ ज्याकेट, चारदेखि पाँच रोल मेन डोरी, १० थान क्यारोबेना हुक, चार थान स्ट्रेचर र पाँच थान रेस्क्यु ट्युब तयारी अवस्थामा राख्नुपर्ने निर्णय गरिएको प्रजिअ ढकालको भनाइ छ ।

ढकालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गोताखोर सहितको राहत तथा उद्धार टोली तयारी अवस्थामा राख्नुपर्नेछ । यसैगरी, राहत तथा उद्धारमा सक्रिय गैर सरकारी संस्थालाई पनि तयारी अवस्थामा रहन आग्रह गरिएको छ । यसैगरी, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई २४ घण्टा सक्रिय बनाइने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया