सिभिल बैंकको सीईओमा सुनिलकुमार पोखरेल नियुक्त
१८ असार २०७८, शुक्रबार १९:३१
काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।
उनी २०७८ वैशाख १८ गतेदेखि कामु सीईओमा कार्यरत थिए । विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए । शुक्रबारदेखि उनले बैंकको सीईओ भएर पदभार सम्हालेका थिए ।
नेपालका विभिन्न बैंकहरु स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एनआईसी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष काम गरेका पोखरेल पछिल्लो २ वर्ष सिभिल बैंकमा कार्यरत थिए । त्यस्तै नेपाल बाहिर स्ट्याण्डर्ड चाटर्ड बैंक अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाइटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष गरी ६ वर्षसमेत गर्दा बैंकिङ क्षेत्रमा उनको कुल ३ दशक लामो अनुभव छ ।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पु¥याउने कुरामा आफू विश्वस्त रहेको बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले बताए । बैंकले चालु आर्थिक वर्षमा व्यवसायिक आकारमा राम्रो प्रगति गरेको र आगामी दिनमा निरन्तर प्रगति गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ८८ अर्ब ९४ करोड निक्षेप संकलन गरी ८३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया