उर्लियो राप्ती नदी, मकवानपुर र चितवनमा बढ्यो त्रास – Nagarikabhiyan : National News

उर्लियो राप्ती नदी, मकवानपुर र चितवनमा बढ्यो त्रास

मकवानपुर। मकवानपुरमा राप्ती नदीको बाढीले सतर्कता तह पार गरिसकेको तथा बढ्ने क्रममा रहेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाको ट्वीटर ह्याण्डल नेपाल बाढी सूचनामा भनिएको छ, ‘मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पुगेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र चितवनको सौराहा आसपास हुनेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनु होला ।’ राप्तीमा बाढी बढेपछि स्थानीयमा बाढीको त्रास बढेको छ ।