अविरल बर्षाका उत्तरी क्षेत्र जोड्ने एकमात्रै सडक साङ्कोस – तिप्लिङ – लपाङ्फेदी सडक अवरुद्ध – Nagarikabhiyan : National News

अविरल बर्षाका उत्तरी क्षेत्र जोड्ने एकमात्रै सडक साङ्कोस – तिप्लिङ – लपाङ्फेदी सडक अवरुद्ध

धादिङ । जिल्लाको उत्तरी क्षेत्र जोड्ने एकमात्रै सडक साङ्कोस – तिप्लिङ – लपाङ्फेदी सडक अवरुद्ध भएको छ ।

गत असार १० गते बिहान देखि परेको अत्याधिक अविरल वषाको कारण सडकका ठाउँठाउँमा पहिरो र खोल्सिहरुमा बाढिको कारण सडक अबरुद्ध भएको हो । बाढीले खेतीयोग्य जमिन पनि नष्ट गरेको छ ।

त्रिपुरासुन्दरी गाउपालिका र नेत्रवती गाउपालिकाको सिमानामा पर्न लपाङ खोलामा आएको अत्याधिक बाढिको कारण खेती योग्य जमिन नष्ट भएको हो ।

त्यस्तै लपाङ्फेदिमा रहेको मोटरेबल पुलको दाहिने तर्फको एप्रोच सडकका सम्पुर्ण संरचनाहरु समेत बगाउदा तथा क्षेती हुदा आवातजावतमा समेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।