सुनसरी प्रहरीद्धारा १६५ फरार अभियुक्त गिरफ्तार, साढे तीन करोडको राजस्व संकलनमा योगदान
१२ असार २०७८, शनिबार १८:०७
जिल्ला प्रहरी कार्यालय सुनसरीमा चौध महिना अघि सरुवा भई आएका एसपी कमल थापाको कार्यकालमा प्रहरीद्धारा १६५ फरार अभियुक्त गिरफ्तार गरिको छ । यही अवधिमा साढे तीन करोडको राजस्व संकलनमा पनि योगदान गरेको छ । प्रहरी संगठनका लागि इमान्दार, जनताको सेवामा समर्पित थापाले प्रहरीकै लागी आवश्यक पर्ने भवन निर्माणदेखी चौकी भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तमा समेत योगदान गर्नुभएको छ ।
प्रहरीले वर्षमा १६५ जना फरारलाई गिरफतार गरिकोमा २१७ वष ५ महिना सात दिन कैद र ३८ लाख ७२ हजार २४३ जरिवाना समेत असुल गरेको हो । प्रहरीले विभिन्न भन्सार छलीका समान बरामद गरेर भन्सार राजस्व ३ करोड ६१ लाख १३ हजार ३४६ रुपियाँ बराबरको भन्सार बुझाइको जनाको छ । थापाले आफ्नो कार्यकालमा सीमा सुरक्षासगैं राजस्व भन्सार सहितको क्षेत्रमा योगदान गर्नुभएको हो । प्रहरीमा आवयश्क पर्ने भवन तथा चौकी निर्माणका लागि इलाका प्रहरी कार्यालय रामधुनीका लागि ५ कठ्ठा १० धुर, वडा प्रहरी कार्यालय रामधुनीका लागि ६ कठ्ठा, प्रहरी चौकरी रामधुनीका लागि ३ कठ्ठा, इलाका प्रहरी कार्यालय सितागंजका लागि १ कठ्ठा र अस्थायी प्रहरी चौकी तनमुनाका लागि ३ कठ्ठा गरी कुल १८ कठ्ठा १० धुर जग्गा प्राप्त भएको जनाएको छ ।
एसपी थापाको सरुवा भए पछि जानु अघि पत्रकार सम्मेलन गरी आफ्नो १४ महिने कार्यकालको प्राप्त उपलब्धिहरु सार्वजनिक गरेका छन् । एसपी थापाले आफ्नो कार्यकालमा गत वैशाख देखि यस वर्षको जेष्ठ मसान्त सम्ममा राजस्व चुहावट नियन्त्रण तर्फ ३२ जनालाई पक्राउ गर्नुका साथै ३ करौड ५१ लाख १३ हजार ३ सय ४६ रुपैयाँ बराबरको सामान भन्सारमा बुझाएको हो ।
गत आर्थिक वर्षमा बुझाएको राजस्व भन्दा दोब्बरले एसपी थापाको कार्यकालमा राजस्व चुहावट सामान नियन्त्रण गरेको उपलब्धिको उल्लेख गरिएको छ । प्रहरीले भौतिक पूर्वाधार निर्माण तर्फ ९ वटा आधुनिक भवनहरु निर्माण कार्य सम्पन्न भई संचालनका लागि पूर्ण तयारीमा रहेको जनाइएको छ । एसपी थापाले आफ्नै कार्यकालमा सरकारको निति अनुसारकोको विनियोजित बजेटमा भवन निर्माण कार्य सम्पन्न गरेको जानकारी दिनुभयो ।
उक्त सार्वजनिक कार्यक्रममा प्रहरी डिएसपी नगेन्द्र कुमार कार्की, इन्स्पेक्टरहरुमा सुभाष भट्टराई, जयदेव माझी, मिना देवि राई, नवराज खडका, विशाल लिम्बु विभिन्न संचार क्षेत्र संग आवद्ध संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया