र्यापीट टिमद्धारा प्रजिअसंग छलफल
११ असार २०७८, शुक्रबार १६:५४
सुनसरीमा कोभिड १९ को बारेमा अनुमगन गरेको जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसंग छलफल गरेको छ । टिमका संयोजक मेघराज न्यौपाने नेतृत्वमा टिमका सदस्यहरुले दुईसत्तादेखी फिल्डमै गएर अनुगमन गर्ने क्रममा देखिएको अवस्था, चुनौती र सकारात्मक पक्षहरुको बारेमा छलफल गरेको हो । शुक्रबार प्रजिअ ढकालसंग टिमले बराहक्षेत्र, गढी, इनरुवा, हरीनगर, देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी र वर्जुसम्मको अनुगमनको अवस्थाका बारेमा छलफल गरेको हो । अनुगमनका क्रममा पाएको नतिजाका बारेमा र प्राप्त भएको सुझाव तथा गुनासोका बारेमा जानकारी आदानप्रदान गरिएको संयोजक न्यौपानले जानकारी दिनुभयो । टिमका जिल्ला संयोजक मेघराज न्यौपाने नेतृत्वमा जिल्ला सदस्यहरु सरिता कार्की घिमिरे र जयकृष्ण यादवले कोभिड अस्पताल र आईसोलेसन केन्द्रहरुमा पुगेर अवस्थाको बारेमा जानकारी लिएको र त्यस क्रममा सरोकारबालासंग छलफलमा आएको कुराहरु प्रजिअ ढकाललाई अवगत गराएको छ ।
टीमले संक्रमित निको भएपनि बन्दाबन्दी र निषेधाज्ञाले असर परेका वा प्रभावित भएकाहरुलाई प्रभावकारी सेवा दिनुपर्ने र रोजीरोटी गुमेका विपन्न परिवारमा खाध्यान संकटको अवस्था आएको देखिएकाले त्यसमा ध्यान दिनुपर्ने आवश्यक रहेको जानकारी गराएको छ । टिमले सम्बन्धीत निकायलाई अवस्थाको बारेमा जानकारी दिई सुझाव दिने क्रममा प्रजिअ ढकाललाई कार्यान्वयन गर्ने निकाय पालिकालाई ध्यान दिन आग्रह गरेको थियो ।
टिमले भोक्राहा नरसिंह, कोशी, बराहक्षेत्र, रामधुनी, इनरुवा, बर्जु, हरिनगर, देवानगञ्जका संक्रमित र पीडितहरुको कुरा प्रत्यक्ष रुपमा संकलन गरेको र सो विषयमा अनुगमन गर्ने क्रममा सकारात्मक अवस्था पाइएकाले प्रशासन र पालीकालाई धन्यवाद दिएको संयोजक न्यौपानेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सुनसरीको पूर्व तयारी र स्थानीय तहहरुको पहल र प्रयासले संक्रमितहरुमा त्यती धेरै गुनासो नरहेको तर पनि शिक्षा, स्वास्थ्य, यातायात र व्यपार तथा रोजगारमा असर परेको बारेका कुरा राखेको थियो ।

र्यापीट टिमद्धारा प्रजिअसंग छलफलको जानकारी
टिमले दिएको जानकारी अनुासर जिल्लामा कोभीड १९ का कारणले गर्भ जाच प्रभावित भएको छ । गर्भवतीहरु आईरन चक्की लिन स्वास्थ्य संस्था नगएको र गढीका स्वास्थ्य संस्थामा सेवाग्राही महिला गएर पनि नपाएको अवस्था पाइयो ।
स्थानीय तहको पूर्व तयारी प्रभावकारीः
गत वर्षको कोरोना महामारीबाट सिकेको पाठका कारणले यो वर्षको महामारीमा पूर्व तयारी गरेकाले प्रभावकारी भुमिका देखियो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि पालिकाहरुमा समयन्त्र र समिति तथा उपसमिति र वडा तहसम्म समिति सकृय भएको पाईयो ।
कोरोना संक्रमितहरुलाई हौसला र परामर्श प्रदान गर्नका लागि स्वास्थ्यकर्मी र समिति कोभिधड अस्पताल, आईसोलेसन केन्द्र र घरघरमै पनि पुगेको पाईयो ।
संक्रमितहरुलाई निशुल्क रुपमा शक्ति वा शरिरको प्रतिरक्षा प्रणाली बढाउने औषधीहरु वितरण गरेको पाईयो ।
गाउँगाउँ, वडा र टोलसम्म पनि इनिटजेन्ट प्रविधि र पीसिआर परिक्षण गरेको पाईयो ।
स्वास्थ्य संस्थाहरु पालोपिलो गरेर पनि नियमित संचालन गरेको पाईयो ।
दातृनिकायहरुको सहयोग पनि सकारात्मक रहेको पाईयो ।
दोस्रो भेरियनटको कोरोना कडा भएको सूचनाका आधारमा प्रत्येक पालिकाले आईसोलेसन केन्द्र एकल र संयुक्त रुपमा निर्माण गर्दा चिकित्सक, अक्सिजन सहितको वेड र स्वास्थ्यकर्मीको व्यवस्था गरेको पाईयो ।
स्थानीय तहमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय र प्रदेश सरकारको पनि सहयोग, सहकार्य र समन्वय राम्रो रहेको पाईयो ।
आईसोलेसन केन्द्र व्यवस्थापनमा कम्जोरी र लापरर्वाही ः
निषेधाज्ञाको नाममा शिक्षा पूर्ण प्रभावित भयो भने स्वास्थ्य सेवामा पनि कटौती गरेको र कार्यालय समयसम्म नखोलिएको अनि विरामीलाई सोधपुछको आधारमा वा अनुमानको भरमा औषधी लेखेको र दिएको पाईयो ।
स्वास्थ्य संस्थामा सरकारले तोकेको निशुल्क भनिएका औषधीहरु समेत बन्दाबन्दीको नाममा अभाव रहेको पाईयो ।
स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रमा संचालनमा रहेको प्रसुति गृहहरुमा आउनेहरुलाई रेफर गरेको गुनासो पाईयो ।
अपांगताबाट जोगाउने र शक्ती प्रदान गर्ने खोप तथा आईरन चक्कीको पनि केही स्वास्थ्य संस्थामा अभाव रहेको पाईयो ।
स्वास्थ्य संस्थामा देखिएको कम्जोरी ः
पलिकाका स्वास्थ्य संस्थामा नेपाल सरकारले तोकेको निशुल्क औषधीहरु प्रयाप्त नभएको पाईयो ।
बन्दाबन्दीको नाममा स्वास्थ्यकर्मी नियमित नआएको र औषधी अभाव अनि निषेधाज्ञा रहेको भन्दै उपस्थिती न्युन रहेको पाईयो ।
प्रायः सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको प्रसुति गृहहरुमा सेवाग्राहीलाई बेवास्ता गरी रेफर मात्रै गरेको गुनासो पाईयो ।
इमेरजेन्सी सेवा बाहेक ओपीडि सेवा दिनका लागि आनाकानी गरेको पाईयो ।
सेवाग्राहीलाई कोरोना संक्रमीत नै हो भनेर हेलाको भावबाट व्यवहार गरेको पाईयो ।
शिक्षामा कोरोनाको प्रभाव ः
यस जिल्लाका १२ स्थानीय तहका १२४ वटा वडामा रहेको झण्डै १५ सय शैक्षिक संस्थाहरु पूर्ण बन्द भए । यसबाट तीन लाख बालबालिका तथा विधार्थीहरु प्रभावित भए । चैतदेखी नै असार १० गतेसम्म पूर्ण बन्द सहित बार्षिक परीक्षा प्रभावित भएभने गत वर्ष झै कक्षा १० को एसईई परीक्षा नै नदिई विद्यालयहरुले मूल्याकन गरेर पठाएको पाईयो ।
विद्यालय बन्द भएपनि नियमित संचालन खर्च र दिवा खाजा कार्यक्रमको पनि बजेट निकासा दिदाँ अनियमितता बढेको गुनासो पाईयो ।
केही विद्यालयमा खाली रहेको दरबन्दीमा आफूखुसी शिक्षक निय
ुत्ती पनि गरेको पाईयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया