जीवन बचाऔं अभियान लाई निरन्तरता दिदै खाद्यान्न सामग्री प्रदान ।
११ असार २०७८, शुक्रबार १३:०४
इनरुवा । मोरङको जहदा गाउँ पालिका स्थित रहेका हाथीबन्धा यूवा क्लव र भिलेज नेपाल कल्व जीवन बचाऔं अभियान कार्यक्रम लाई निरन्तरता दिइएको छ ।
अभियानको निरन्तरता कार्यक्रम नौ दिनमा जहदा गाउँपालिका वडा न.३ का हाथीबन्धा दक्षिण टोल , उतर टोल मुसहरी टोल ,नदी टोल ,सन्थाल टोल,टिहली टोल,राय टोल लगाएर १७ जना अति बिपन्न ,एकल महिला , कुपोषण, अपाङ्ग बर्गका परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेको हाथीबन्धा कलबका अध्यक्ष पृतम राजवन्शिले जानकारी गराउनु भएको छ ।
अध्यक्ष राजवन्शीका अनुसार खाद्यान्न सामग्रीमा ३०किलो चामल ,२ किलो चिनी, ३ किलो पिठो, ५ किलो आलु, २ लिटर खाने तेल, ३ किलो दाल र १ किलो नुन मिलाएर एक महिना पुगने गरी खाध्यान्न समाग्री सहयोग गरियको हो ।
अभियानलाई थप मदत तथा हौसला बढाई दिनुभएकोमा हाथीबन्धा यूवा क्लबको तर्फ बाट र अध्यक्षले BIC नेपाल परिवारले सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया