फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
९ असार २०७८, बुधबार २०:५४
काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ।
बुधबार मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १२७ पुगेको छ भने डिजेल ११० र हवाइ इन्धनको मूल्य ८२ रुपैयाँ कायम गरिएको छ।
आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया