हरिनगरमा मृत्यु भइसकेका व्यक्तिको नाममा पनि वृद्ध भत्ता – Nagarikabhiyan : National News

हरिनगरमा मृत्यु भइसकेका व्यक्तिको नाममा पनि वृद्ध भत्ता

हरिनगर । सुनसरीमा जे पनि नयाँ कुरा सुन्न , हेर्न र पढन पाईन्छ । बलात्कार गरेको अरोपमा करागार चलान नभएको एउटा समाचार सेलाउन नपाउदै सीमावर्ती हरिनगर गाउँपालिकामा मृत्यु भइसकेका व्यक्तिको नाममा पनि वृद्ध भत्ता खाएको गुनासो बाहिर आएको छ ।
स्थानीयका अनुसार स्थानीय तहको निर्वाचनका बेला गाउँ गाउँमा सिंहदरबारको नारा दिएर पनि नागरिकलाई खुसी बनाउने बाचा गरेको भएपनि निर्वाचन पश्चात् नागरिकान एकपछि अर्को निरासा देखिएको छ ।-
गैरजिम्मेबारपन, भ्रष्टाचार मनोवृति, अनियमतिता गर्ने प्रवृतिले नागरिक आजित हुने क्रम भने रोकिएको छैन । विभिन्न बहानामा विविध चलखेल बाहिरि रहेको बेला पछिल्लो पटक भने हरिनगरमा मृत्यु भएका व्यक्तिको नाममा बृद्ध भत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता रकम निकासा गरेर कर्मचारीले खाएको आरोप बाहिर आएको छ । सुनसरीको हरिनगर गाउँपालिका भित्रको वडामा वडा अध्यक्ष र सचिवको मनपरी छताछुल्ल बाहिर आएको छ । वर्षौ अघि मृत्यु भइसकेका व्यक्तिहरूको नाममा समेत हरिनगर वार्ड नं. २ वडा कार्यालयका कर्मचारी रकम निकासा गरिरहेको रहस्य बाहिरिएको हो । कृषि विकास बैंक हरिनगर शाखामा रहेको मृत्यु भईसकेको मुसलीम मियाँको खाता वन्द नगरि वाड नं. २ का कर्मचारीले बृद्धा भत्ता रकम एक वर्षदेखी वडाको फर्जी लेटर प्याड, कृते वडा अध्यक्षको फर्जी हस्ताक्षर गरेर रकम निकासा गरेको पाइएको छ । एक वर्ष अघि मृत्यु भएको मियाँको मृत्यु दर्ता बनाउने क्रममा वडा कर्मचारी समशेर अन्सारीले मिलोमतोमा रकम निकासा गरिएको खुलासा भएको छ । मृत्य मियाँको आफन्तले मृत्युदर्ता बनाउन वडा कार्यालयमा आउदा कर्मचारी समशेर अन्सारीले आफन्तसंग चेकवुक, नागरिकता प्रमाण पत्रको प्रतिलिपि लिएर तपाई दश दिन पछि आउनु म बनाएर राख दिन्छु र बैंक खाता समेत वन्द गराई दिन्छु भनेर पठाएकोमा उही कर्मचारीले एक वर्षदेखी भत्ता खाएको आरोप बाहिर आएको छ । सोही क्रममा कर्मचारी अन्सारीले मोकाछिकी मृत्युदर्ता बनाई र फर्जी लेटरपाईडमा आफने नामबाट रकम भुक्तानी हुने सिफारिस गरेर बैंक खातावाट रु.४८५०० अक्षरेपी अरचालिस हजार पाँच साय रकम वैंकवाट उठाई झवाम पारेको समचार बाहिरिएको छ । रकम खाएको विषयमा वडा नं.२ का वडा अध्यक्ष युनुस मियाँलाई सोधपुछ गर्दा आफूलाई यो विषयमा केही थाहा नभएको वताउनुभएको छ भने वडा सचिव समिम अन्सारीलाई समेत सोधपुछ गर्दा आफू आउनु भन्दा पहिला कै विषय भएको प्रतिक्रिया दिन्ुभयो । यसअघि विभिन्न बहाना बनाउँदै वडाका कर्मचारीहरूले केही व्यक्तिहरूको मृत्यु दर्ता गर्न समेत आलटाल गर्ने गरेको जनगुनासाहरू आएको थियो । गाउलेहरुले सेवामा पारदर्शिता, सुशासन युक्त व्यवहार गर्नुपर्ने र अनियमितता गर्नेलाई कार्वाहीको माग गरेका छन् ।