भोक्राहाको अन्सारी टोलमा आगलागी
९ असार २०७८, बुधबार १०:४४
भोक्राहा। सुनसरी भोक्राहा नरसिंह गाउँ पालिका वार्ड न .२ अन्सारी टोलमा आगलागी भएको छ । गोठमा बाल्लेको घुरा बाट अचानक आगो सल्लके पछी तीन वटा घर जलेर नष्ट भएको हो।
आगलागी बाट एहसान अन्सारीको एक घर ,रसिद अन्सारी एक घर ,रुसतुम अन्सारीको एक घर लगायत जम्मा तीन घर लगायत सम्पुर्ण सर समानहरु पुर्णरूपमा जलेर नस्ट भएको भोक्राहा नर्सिङ्ग प्रहरी चोकिका इन्चार्ज जीवन कार्कीले बताउनु भएको छ । इन्चार्ज कार्किका अनुसार आगलागी बाट जम्मा १५ लाख भन्दा बढीको छ्ती भएको छ ।
आगलागी नियन्त्रण गर्नका लागि स्थानीयबासिहरु , स्थानीय प्रहरी ,कोशी गा पा र इनरुवा नगर पालिका बाट आएको बरुणयन्त्रको सहयोगमा करिब डेढ घन्टा पछी आगो लाई पुर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरी चोकिका इन्चार्ज कार्कीले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया