वडासदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु
९ असार २०७८, बुधबार १०:४१
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ की वडासदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ ।
भिरबाट लडेर गम्भीर घाइते भएकी नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मंगलबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भेरी–२ डिंगास्थित घरबाट वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन बाहुनथाना जाँदै गर्दा नेपाली भिरबाट लडेर घाइते हुनुभएको थियो ।
घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिनुभयो ।
ज्योतिन्यूज

फेसबुकबाट तपाईको प्रतिक्रिया