सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई रोक्यो : नारायणकाजी श्रेष्ठ
८ असार २०७८, मंगलवार २०:५७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्बोच्च अदालतको पछिल्ला फैसलाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदमलाई बदर गरिदिएको बताएका छन् ।
उनले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको बताएका हुन्।
सामाजिक संजाल ट्विटर मार्फत प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘अति भए पछि खति हुन्छ नै।सर्बोच्च अदालतको पछिल्ला फैसलाहरुले प्रम ओलीले चालेका असंवैधानिक,अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ। संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको छ।जबकि यो मुलत:राजनीतिको काम हो।सबैलाइ चेतना होस्।’

फेसबुकबाट तपाईको प्रतिक्रिया