अनेरास्ववियु इनरुवा कमिटी द्वारा इनरुवा नगरपालिकालाई बुझाए ज्ञापन पत्र – Nagarikabhiyan : National News

अनेरास्ववियु इनरुवा कमिटी द्वारा इनरुवा नगरपालिकालाई बुझाए ज्ञापन पत्र

अनेरास्ववियु इनरुवा कमिटी द्वारा नगर बजेटमा शिक्षा क्षेत्र लाई ध्यान दिन नगरपालिका लाई आग्रह गरेका छन् ।

इनरुवा नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को नगर बजेटमा इनरुवा नगरको शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको समाधान र नगरका विद्यालयहरुको शैक्षिक गुणस्तरमा ध्यान दिन इनरुवा नगर प्रमुख राजन मेहता ज्यु लाई आज अनेरास्ववियु इनरुवा नगर कमिटीले ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको छ ।

यसपालिको बजेटले शिक्षा क्षेत्रका समस्यालाई सम्बोधन गरेमा आगामी दिनमा समग्र इनरुवा नगरको शिक्षा क्षेत्रले ठुलो फड्को मार्ने सम्भावना रहेको भन्दै अनेरास्ववियु इनरुवा नगर कमिटीले ज्ञापन पत्र बुझाएको हो ।