प्रचण्डलाई भेटे दीपक मनाङेले
६ असार २०७८, आईतवार २०:३०
काठमाडौं । गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका छन्।
सामाजिक संजाल फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ बताएका छन् । प्रचण्डसँगको भेटपछि तस्बिर सार्वजनिक गर्दै मनाङेले लेखेका छन्, ‘प्रचण्डज्यू सँग पछिल्लो राजनैतिक घटनाक्रमबारे बृहत छलफल पश्चात लिएको तस्बिर ।’
गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालय कस-कसले पौने भन्ने बारेमा चर्को विवाद भई रहेको सन्दर्भमा मनाङे प्रचण्डलाई भेट्नु राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । गण्डकी कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका मनाङे कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइसकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया