भीरबाट लडेर गम्भीर घाइते भएकी किशोरीको हेलिकप्टरमार्फत् उद्दार – Nagarikabhiyan : National News

भीरबाट लडेर गम्भीर घाइते भएकी किशोरीको हेलिकप्टरमार्फत् उद्दार

बाजुर। बाजुरामा भिरबाट लडेर घाइते भएकी एक किशोरीको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ। बुढीनन्दा नगरपालिका १ बस्ने १६ वर्षीय ललिता गिरीलाई लडेर घाइते भएको पाँच दिनपछि हेलिकप्टरमार्फत् उद्धार गरि काठमाडौं लगिएको छ।

प्रतिकुल मौसमका कारण पाँच दिन पछि मात्र किशोरीको थप उपचारका लागि काठमाडौं पठाउन सफल भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा किशोरीलाई हेलिकप्टरद्वारा उद्धार गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताए।

शनिबार दिउँसो कोल्टिमा हेलिकप्टर पुुगेपनि मौसम खराबका कारण उडान हुन नसकेको र आइतबार बिहान मात्र मौसमा केही सुधार भएपछि उद्धार भएको मन्त्री जोशिले बताए। गाउँ नजिकै रहेको रुपासैनी भिरमा घास काटिरहेको बेला बुधवार साँझ भिरबाट लडेर ललिता गम्भिर घाइते भएकी थिइन्।

उनलाई तत्काल आफन्तले बोकेर कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पुुर्याएका थिए। उनको चार दिनसम्म कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको भए पनि त्यहाँ उपचारको सम्भाबना नभएको भन्दै ललितालाई थप उपचारका लागि काठमाडौं लैजान प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिले भनेपछि आइतबार मात्र मनाङ्ग एयरको हेलिकप्टरमार्फत् किशोरीलाई काठमाडौं लगिएको हो। लोकपाटी न्यूज बाट