लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने ; कमल थापा
५ असार २०७८, शनिबार १५:३३
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष कमल थापा अन्य अध्यक्षहरुलाई भाइरसको संज्ञा दिदै आफू अब एक्लै हिड्ने बताउनुभएको छ ।
लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने भन्दै उहाँले अब एक्लै हिड्ने र पछि फर्केर पनि नहेर्ने बताउनुभएको हो ।
उहाँले ट्वीटरमा लेख्नुभएको छ, लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ। विगतमा धेरै गल्ती गरियो। अब मसँग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन। बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने थापाको प्रयासमा अध्यक्षद्वय पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीले अवरोध खडा गर्नुभएको थियो ।
केही दिनअघि थापाले अल्छी घोडाको संज्ञा दिनुएका अर्का अध्यक्ष द्वयलाई यसपटक भने भाइरसको संज्ञा दिनुभएको छ ।
राप्रपाको केन्द्रीय निर्देशन समिति र केन्द्रीय बिशेष समिति गठनमा पनि राप्रपाभित्र विवाद छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया