बलान नदिमा बगेर एक बालकको मृत्यु
२ असार २०७८, बुधबार १९:४१
राजविराज । सप्तरीमा आज बलान नदीले बगाउदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बलान विहुल गाउापालिका–४ वेल्हीका किसुनदेव भण्डारीका १५ बर्षीय छोरा संतोश भण्डारी रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताउनुभयो ।
खेतमा काम गरिरहेका बुवालाई भात पुर्याउन गएका उनलाई नदीमा आएको बाढीले बगाएको थियो । बुवा किसुनदेव भण्डारीलाई भात पुर्याएर फर्किने क्रममा बलान नदिमा आएको बाढीले संतोशलाई बगाउदा उनी बेपता भएको थिए । त्यसपछि प्रहरीको सक्रियतामा खोजि गर्दा बगाएको केही घण्टापछि संतोशलाई भारत विहार राज्यका बलानपट्टी गाउाका व्यक्तिहरुले नदीबाट मृत्य अवस्थामा उनको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यता घटना बारे अनुसन्धान भइरहेको सप्तरी प्रहरीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया