संक्रमण दर ५ प्रतिशतभन्दा कम नहुँदासम्म शैक्षिक संस्था र सार्वजनिक यातायात नखुल्ने
१ असार २०७८, मंगलवार १४:४३
काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न काठमाडौं उपत्यकामा अढाई महिनाअघि ९वैशाख १६० बाट निषेधाज्ञा लागू गरियो । अन्य जिल्लाले पनि असार ७ गते मध्यरातसम्म निषेधाज्ञा कायमै राखेका छन् । ७७ जिल्लामध्ये हिजोसम्म खोटाङ र मनाङमा भने निषेधाज्ञा जारी गरिएको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार ४३ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । १५ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन् । पछिल्लो साता परीक्षणमा कमी आइरहेको बेला मन्त्रालयले परीक्षण नघटाउन अनुरोधसमेत गरेको छ ।
ष्mबनभक
देशभर कुल परीक्षण गरिएकामध्ये संक्रमण दर १८।९ प्रतिशतमै स्थिर छ । पछिल्लो सातासम्म काठमाडौं उपत्यकाको संक्रमण दर २२।७२ प्रतिशत कायमै छ । सोमबारसम्म काठमाडौंको सक्रिय संक्रमित संख्या ८,१८२, भक्तपुरको २,४३४ र ललितपुरको ३,४४२ छ । मन्त्रालयका अनुसार मुलुकमा सक्रिय संक्रमित ६५ हजार ८०४ छन् ।
परीक्षणको दायरा घटेसँगै संक्रमित संख्या घटेपनि संक्रमणको दर भने स्थिर नै छ । निषेधाज्ञाको शुरूआती दिनमा स्वास्थ्य प्रणालीलाई नै चुनौती दिने गरी संक्रमण र मृत्युदर बढेको थियो ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको दुई महिना पुग्नै लाग्दा संक्रमण र मृत्युदर घटेको छ । स्वास्थ्य संस्थामा पनि बिरामीको चाप कम छ । शय्या र अक्सिजन अभावमा मृत्यु तथा आँगनमा राखेर उपचार गराइरहनुपर्ने बाध्यता अहिले छैन । निषेधाज्ञा लागू गरिएपछि संक्रमण दर ५ प्रतिशतभन्दा कम हुने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण थियो । तर, निषेधाज्ञा लागू भएको दुई महिना हुनै लाग्दा पनि संक्रमण दर ३० प्रतिशतमै स्थिर छ ।
संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा निषेधाज्ञाको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । यसको मोडालिटीबारे गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय अन्योलमा देखिएका छन् । अर्थतन्त्र र सामाजिक जीवनसँगै निषेधाज्ञालाई अगाडि बढाउनुपर्ने दबाब जिल्ला प्रशासनलाई छ । तर, तत्काल निषेधाज्ञा खुला गर्दा प्रि(लकडाउन अगाडिकै अवस्थामा संक्रमण दर फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले ती निकायलाई सचेत गराइरहेको छ ।
संक्रमण दर ५ प्रतिशतभन्दा कम नहुँदासम्म सार्वजनिक यातायात र शैक्षिक संस्था खोल्न नहुने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ । ‘संक्रमणदर १० प्रतिशतभन्दा कम हुँदै गएमा चरणबद्ध रूपमा खोल्ने हाम्रो योजना छ’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले भने, ‘संक्रमण दर ५ प्रतिशतभन्दा कम भएमा सार्वजनिक स्थान र विद्यालय खोल्न सकिने हाम्रो आंकलन छ ।’
संक्रमण घटेको र मनसुन भित्रिएसँगै खेतीपातीको कामलाई पनि अघि बढाउनुपर्ने भएकाले तीनै सीडीओहरू निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने र जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खोल्नुपर्ने मनस्थितिमा थिए । तर, स्वास्थ्य मन्त्रालयले संक्रमण दर नघटेको र परिस्थितिको विश्लेषण नगरी एकैपटक लकडाउन खोल्दा पुनः संक्रमण व्यापक हुनसक्ने भन्दै तत्काल अन्य क्षेत्र खोल्ने योजनाबाट उनीहरू पछि हटे । स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेल अझै केही समयसम्म सार्वजनिक यातायात र विद्यालय खोल्ने अवस्था नरहेको बताउँछन् ।
अघिल्लो लहरमा सरकारले ५ हजारभन्दा बढी सक्रिय संक्रमित हुँदा लकडाउन खुलाएपनि अहिले पनि कम संक्रमित हुँदा पनि निषेधाज्ञालाई निरन्तरता दिइरहेको छ । तर, किन रु मन्त्रालयको भनाइ छ( पहिलेको भन्दा अहिलेको भेरियन्ट घातक र संक्रामक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया