सुदूरपश्चिममा ओली समूहका ७ सांसदलाई निलम्बन गर्ने संसदीय दलको निर्णय
३१ जेष्ठ २०७८, सोमबार २०:४१
धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले केपी शर्मा ओली पक्षका सात जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ ।
आज (सोमबार) बसेको संसदीय दलको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको हो । बैठकले उनीहरुलाई ७ देखि १५ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो तर ओली पक्षका ७ जनाले विपक्षमा मतदान गरेका थिए ।
उनीहरुले विपक्षमा मतदान गरेसँगै दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया