पृथ्वीसुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीको रुपमा कुनै सुविधा नलिने – Nagarikabhiyan : National News

पृथ्वीसुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीको रुपमा कुनै सुविधा नलिने

कास्की । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारले दिने सुविधा नलिने घोषणा गरेका छन्। गुरुङको सचिवालयल अनुसार उनले भनेका छन्,  ‘मलाई पूर्व मुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन। त्यसैले लिनेछैन।’

पूर्व मुख्यमन्त्रीलाई सेवासुविधा दिने निर्णय भएको भनेर आएको समाचारबाट धेरैमा भ्रम पर्न गएको भन्दै नलिने प्रष्ट पारिएको उनको सचिवालयले जनाएको छ। सचिवालयले प्रष्ट पार्दै भनेको छ, ‘माननीय पृथ्वी सुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ। नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना माननीय पृथ्वीसुब्बा गुरुङज्यूको रहेको प्रष्ट पारिन्छ।’

यसअघि गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभइ कानुन बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका थिए।