भोक्राहामा कुशवाहा समाजको राहत । – Nagarikabhiyan : National News

भोक्राहामा कुशवाहा समाजको राहत ।

भोक्राहा । सुनसरी भोक्राहा नर्सिङ गाउँ पालिकामा कुशवाहा समाज द्वारा गरिब तथा अति विपन्न परिवार लाई पहिलो चरणको राहत वितरण गरिएको छ । पालिका वार्ड न .१का कुशवाहा परिवारका गरिब तथा अति विपन्न भएका जम्मा ५२ घर परिवार लाई राहत वितरण गरिएको हो ।

“सके सहयोग गरो ,नसकै घरमै बसै ” मुल नाराका साथ कुशवाहा राहत संकलन तथा वितरण महा अभियान समाजका संयोजकहरुको टोलिले आज शनिबार भोक्राहा नर्सिङ गाउँ पालिकामा गरिब , विपन्न परिवारहरु लाई राहत वितरणका साथै जनचेतना मुलक कार्यक्रम गरिएको अभियान समितिका संयोजक गुनान्द मेहताले जानकारी दिइएका छ्न।

दोस्रो चरणको कोरोना भाइरस महामारी लामो समयको बन्दा बन्दी बढदै गएको साथै लकडाउनका कारण गरिब तथा अति विपन्न घर परिवारहरु लाई जला मजदुरी गरि खाने परिवारहरु साथै समस्यामा भएका ५२ घर परिवारहरु लाई राहत वितरण गरिएको विद्यार्थी समाजका जिल्ला अध्यक्ष अर्जुन मेहताले बताए ।

लकडाउनका कारण समस्यामा भएका घरपरिवार लाई कुशवाहा राहत संकलन तथा राहत वितरण महाअभियान समिति विराटनगरका संयोजकहरुले भोक्राहा नर्सिङ गाउँ पालिका १ मा आज पहिलो दिन ५२ घर परिवारलाई पहिलो चरणमा माक्स, सेनिटाइजर , साबुन, चिउरा , बिस्कुट लगायतका सामग्री वितरण गरिको राहत वितरण समितिका सदस्य राम नरायण मेहताले बताए ।

राहत स्वरुपको सानो सहयोग गर्नुका साथै कोरोना भाइरस बाट बच्नका लागि जनचेतना मुलक सन्देश समेत दिएको भोक्राहा नर्सिङ कुशवाहा समाजका अध्यक्ष मधुला मेहताले राहत वितरणका अभिभावकहरुलाइ धन्यवाद सहित अभार प्रकट गरेका थिए ।