गण्डकी प्रदेश : विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा धर्ना – Nagarikabhiyan : National News

गण्डकी प्रदेश : विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा धर्ना

पोखरा । गण्डकी प्रदेशका विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुख सीता पौडेलको कार्यालय अगाडि धर्नामा बसेका छन् ।

प्रदेश प्रमुख पौडलले सरकार गठनको समय सकिए पनि मुख्यमन्त्री नियुक्त नगरेपछि विपक्षी गठबन्धका सांसदहरू उनको कार्यालय अगाडि धर्नामा बसेका हुन् ।

शुक्रबार मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेलले दाबी पेस गरेका थिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष सशरीर उपस्थित भएर विपक्षी गठबन्धनका सांसदहरूले कृष्णचन्द्रलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखकोमा पुगेका हुन्।