थप ३ हजार ३८४ जनामा संक्रमण पुष्टि ६१ जनाको मृत्यु – Nagarikabhiyan : National News

थप ३ हजार ३८४ जनामा संक्रमण पुष्टि ६१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप  ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ५०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ जना र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६ हजार २९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ६१ जनाको मृत्यु भएको छ ।