गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी
२९ जेष्ठ २०७८, शनिबार १६:२८
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नुभएको छ । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन पत्रसहित गुरुङले मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो ।
प्रदेश प्रमुख सीता पौडेलले दिएको २४ घण्टाको समय सकिनु केही समयअघि गुरुङले दुई दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
यसअघि शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ । शनिबार ३ बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी गर्न समय निर्धारण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया