क्यूआरसी देवानगंजद्वारा खाद्यान्य समाग्री बितरण
२९ जेष्ठ २०७८, शनिबार १६:२६
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर –६ मा क्यूआरसी द्वारा खाद्यान्य समाग्री बितरण गरिएको छ ।
कोरोना महामारीको दोस्रो लहरमा आम नागरिकहरूलाई समस्या भए पछि क्यूआरसी समुहले सप्ताहिक मास्क बितरण र जनचेतना कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
विश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमणले निम्ताएको परिथितिले दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने परिवार र न्यून आय भएका परिवारलाई खाधान्नको जोह गर्न नै कठिन परिरहेको समयमा क्यूआरसीले चौथो दिन शर्मा परिवारलाई खाधन्न सामग्री सहयोग गरेका छन ।
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–६ स्थित पासवान टोलमा अति विपन्न शर्मा परिवारलाई २५ के।जी चामल, ५ केजी भुजा, ५ केजी आलु, २ के।जी तेल र २ के।जी प्याज हस्तान्तरण गरेको क्यूआरसीका अध्यक्ष किशोर कुमार मेहताले जानकारी दिए ।
शर्मा परिवारमा ७० वर्षिय छेदी शर्मा उनकी श्रीमती ६९ वर्षिया गामो देवी शर्माको छोरा नभएको र जम्मा पाँच वटी छोरी रहेकोमा सबै जनाको विवाह भई गई सकेका छन् भने आफूूसँग नागरिकता समेत नरहेको बताईन् । छेदी शर्माका अनुसार आफुले घरमा वाख्राका पालन गरी जीवन यापन गरी रहेको र जम्मा गरी राखेको रुु. ८५ हजार पनि चार महिना अगाडि हराएको व्यथा अध्यक्ष मेहतालाई सुनाए ।
बढदै गएको महामारीका विच आगामि दिनमा समस्या र त्यसका सामाधानका निम्ति हामी विभिन्न निकायसँग समन्वय गरी फेरी राहत स्वरुप विभिन्न खाद्यान्न सामाग्रीहरु लिएर आउने क्यूआरसी का अध्यक्षले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया