नेपालमा थप ३,७५० जनामा कोरोना पुष्टि, ६७ जनाले गुमाए ज्यान
२८ जेष्ठ २०७८, शुक्रबार १७:११
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ५ हजार २ सय २५ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ५ लाख २० हजार ८ सय १६ जना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६७ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ८ हजार ३०५ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया