बजार अनुगमनमा म्याद गुज्रेका सामान बरामद गरी नष्ट – Nagarikabhiyan : National News

बजार अनुगमनमा म्याद गुज्रेका सामान बरामद गरी नष्ट

बाजुरा – निषेधाज्ञाको बेला व्यापारीहरुले कालो बजारी र म्याद गुज्रेका समाग्री विक्री गर्ने गरेको चौतर्फी रुपमा जनगुनासो बढ्न थालेपछि जिल्लामा बजाुर अनुगमनले तिव्रता पाएको छ ।
जिल्लाका विभिन्न बजारहरुमा प्रशासन र स्थानीय तहहरुले अनुगमन गर्न थालेका हुन् ।
बडीमालिका नगरपालिकाले मार्तडीमा रहेको बजार क्षेत्र र दुनी हाटबजारमा शुक्रबार  अनुगमन गरिएको उप प्रमुख कविता विष्टले बताएकी छन् ।

उप पमुख कविता विष्टको नेतृत्वमा जिल्ला प्रशासन,घरेलु तथा साना उद्योग विकास कार्यालय,प्रहरी,उद्योग वाणिज्य संघ,पत्रकारको सहभागितामा बजार अनुगमन गरेको नगरपालिकाका प्रशासन प्रमुख पुष्पराज भट्टले मालिका टुडेलाई जानकारी दिएका छन् ।
मार्तडीमा शुक्रबार गरिएको बजार अनुगमनमा म्याद गुज्रेमा सामान बरामद गरी अनुगमन टोलीको रोहबरमा नष्ट गरिएको  टुडेलाई बताए ।
अनुगमनमा दश हजार बढीको सामान बरामद गरेको टोलीका सदस्य एवं घरेलु तथा साना उद्योग विकास समिति बाजुराका पदम ऐरले बताएका छन् ।
अनुगमनका क्रममा  सस २७ बोतल,कण्डम ८ पीस, चिउरा १५ प्याकेट, सुजी ६४ प्याकेट र भुजा ११ प्याकेज म्याद गुज्रेको भेटिएको हो ।
यस्तै म्याद गुज्रेका नमकीन ३ प्याकेट,मोटुपातलु ५ प्याकेट,पानीपुरी २ प्याकेट र मिरिण्डा ३ बोतल बरामद गरी नष्ट गरेको अनुगमन टोलीका सदस्य सचिव भट्टले बताएका छन् ।

म्याद गुज्रेका सामानहरु बरामद गरी अनुगमन टोलीको रोहबरमा नष्ट गरेको बताए ।
बजारमा रहेका व्यापारीहरुले मुल्य सूचि नराखेकालाई स्पष्ट देखिने गरी राख्न सूची राख्न टोलीले सुझाव दिएको छ । ग्राहकलाई विक्री गर्दा म्याद गुज्रेका सामान र  तोकिएको मुल्य भन्दा बढी मुल्य लिएर विक्री गरेको पाइएमा कारबाही गरिने समेत टोलीले व्यापारीलाई सजग गराएको हो ।

अनुगमन टोलीमा नगर उप प्रमुख कविता विष्ट,जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक बलेन्द्र नाथ,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी नयन रावल,घरेलु तथा साना उद्योग विकास समितिका प्रतिनिधी पदम ऐर,नेपाल पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह,बडीमालिका नगरपालिकाका प्रशासन शाखा प्रमुख तथा अनुगमन टोलीका सदस्य सचिव पुष्पराज भट्ट,राष्ट्रिय समाचार समिति बाजुरा समाचारदाता प्रेमबहादुर रौलेको सहभागीता थियो ।

मालिका टुुडे बाट