ब्राउन सुगर सहित २ जना युवा पक्राउ
२७ जेष्ठ २०७८, बिहीबार २०:५१
राजविराज । सप्तरीको हुनमाननगर कंकालीनी नगरपालिकास्थित कोशी नदीको छेउबाट ब्राउन सुगर सहित २ जना युवालाई आज सााझ सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजबिराज नगरपालिका ७ बस्ने वर्ष २४ को कृष्ण कुमार साह र राजबिराज नगरपालिका १६ बस्ने वर्ष २४ को पंकज देव रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी नायव निरिक्षक सत्रुधन राउतको टोलीले कोशीको बगरको बाटो हुदै दक्षिणबाट उत्तर तर्फ आउदै गरेको स १० प ५१०२ नम्बरको मोटरसाइल शंकालागी चेकजााच गरेको थियो । सो क्रममा मोटरसाइकलमा सबार पंकज देवको साथ बाट १२ ग्राम खैरो हिरोइन बरामद हुादा मोटरसाइल सहित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागु औषध खैरो हिरोईनसहित पक्राउ परेकालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब उपरि काफलेले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया