जातीय भेदभाव तथा छुवाछूत निर्मूल गर्न मानवअधिकार आयोगको आग्रह
२१ जेष्ठ २०७७, बुधबार १६:३४
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव र छुवाछुत निर्मूल गर्न आग्रह गरेको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १४ वर्ष पूरा भएको अवसरमा जातीय भेदभाव र छुवाछुत निर्मूल गर्न आग्रह गरेको हो।
नेपालको संविधानले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक, न्याय सम्बन्धी हक, दलितको हक, सामाजिक न्यायको हक, समानताको हक, छुवाछूत तथा भेदभाव विरुद्धको हकलगायतका अधिकारको सुनिश्चितता गरेको स्मरण गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया