पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित, ५९ जनाको मृत्यु
२७ जेष्ठ २०७८, बिहीबार १८:०३
काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ । २०७७ माघ १० गते पहिलो पटक एक जनामा देखिएको संक्रमण हालसम्म आइपुग्दा ६ लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५२९३ निको भएका छन् भने ५९ संक्रमितको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया