आज खण्डग्रास सूर्यग्रहण लाग्दै,नेपालबाट भने नदेखिने
२७ जेष्ठ २०७८, बिहीबार ०९:४२
काठमाडौँ । आज यस वर्ष (२०७८) को पहिलो सूर्य ग्रहण लाग्दैछ । तर आज परेको खण्डग्रास सूर्यग्रहण नेपालबाट भने देखिने छैन ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने र बार्नु नपर्ने समितिले जनाएको छ ।
ग्रहण नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटमा सुरु भएर साँझ ६ बजेर ५६ मिनेटमा अन्त्य हुनेछ । ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिने बताइएको छ । यसलाई पश्चिममा ‘रिङ अफ फायर’ वा आगोको घेरा भन्ने गर्छन् । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा यस्ताे कुण्डलाकार सौर्यग्रहण लाग्ने गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया