कोरोना प्रभावित परिवारलाई राहत
२६ जेष्ठ २०७८, बुधबार १६:०९
इनरुवा । सुनसरीको इनरुवामा कोरोना प्रभावित तथा बन्दाबन्दी पीडित परिवारलाई इनरुवा सुशासन अभियानले राहत वितरण गरेको छ । कोरोना जस्तो महामारीमा श्रम गर्न नपाएर, घरको चुलो बाल्न मुस्किल परिरहेको गुनासो आएकाले त्यसता परिवारको तथ्यांक संकलन गरि पीडित परिवारहरुलाई इनरुवा नगर सुशासन अभियानले राहत वितरण गरेको हो । यहाँका २५ परिवारलाई राहत वितरण गरिएको सांयेजक दिलिपचन साहुले जानकारी दिनुभयो ।
जेठ महिनामा १०० जनालाई र असारमा लकडाउन लम्बियो भने ५०० पीडित परिवारलाई राहत उपलब्ध गराउने प्रयासको पहिलो चरणमा २५ जनालाई राहत वितरण गरेको साहुले बताउनुभयो । वहाँले अभियानका साथीहरु र सहयोगी मनहरुले सहयोग गरेको बताउनुभयो
इनरुवा नगर सुशासन अभियानले इनरुवा अस्पताल सुधार, इनरुवामा निर्माणको कार्यमा तिव्रता र गुणस्तरीय विकासको लागि दाबव दिदै आएको नागरिक समाज संस्था हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया