टीकाराम यात्रीले विश्व टेलिभिजन इतिहासमै बनाए नयाँ रेकर्ड – Nagarikabhiyan : National News

टीकाराम यात्रीले विश्व टेलिभिजन इतिहासमै बनाए नयाँ रेकर्ड

काठमाडौं । चर्चित प्र,स्ताेता पत्रकार एवं एपी वान एचडीका प्रधान-सम्पादक टीकाराम यात्री को ‘तमसोमा ज्योतिर्गमय’ले विश्वकै सबैभन्दा उचाइ मा छायांकन गरेर नयाँ विश्व कीर्तिमान बनाएको छ।

लोकप्रिय कार्यक्रम ‘तम`सोमा ज्योतिर्गमय’ले सगरमाथाको आधार शिविरको सबैभन्दा उच्च स्थान अर्थात् विश्वकै सबैभन्दा उचाइमा छायांकन गरेर उक्त नयाँ की`र्तिमान बनाएको हो ।जनतामाझ तथ्य र निष्पक्ष विषयवस्तु

प्र`स्तुत गर्दै आएको एपीवान टेलिभिजन ले वर्ल्ड बुक अफ रेकर्ड लन्डनमा नाम लेखाएको छ। कार्यक्रम तमसोमा ज्योतिर्गमय सगरमाथा को आधार शिविरको सबैभन्दा माथिल्लो स्थान अर्थात् ५ हजार ५ सय ५० मिटरको

उचाइमा छायांकन गरेर वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएको हो। वर्ल्ड बुक अफ रेकर्डले एपीवान टेलिभिजन लाई विश्व रेकर्डको प्र`माणपत्र पनि प्र,दान गरेको छ।विश्वको सर्वोच्च शिर सगरमाथाको आधार शिविरको सबैभन्दा माथिल्लो

स्थानमा सञ्चालन गरिएको कार्यक्रम तमोसोमा ज्योतिर्गमय का प्रस्तोता एवं एपीवान टेलिभिजन का सम्पादक टीकाराम यात्रीले तत्क्षण को अनुभूति शब्दमा व्यक्त

गर्न नसकिने बताए ।एपीवान टेलिभिजनको कार्यक्रम तमोसोमा ज्योतिर्गमय जेठ ४ गते सगरमाथा को आधार शिविरमा छायांकन गरिए को थियो।

नेपाल समाचार बाट