नरिवलको वोटबाट लडेर कन्चनपुर नगरका एकको मृत्यु – Nagarikabhiyan : National News

नरिवलको वोटबाट लडेर कन्चनपुर नगरका एकको मृत्यु

सप्तरी । नरिवलको वोटबाट लडेर एक जनाको ज्यान गएको छ ।

स्थानिय युवा नेता दुर्गा ईसरले दिएको जानकारी अनुसार नरिवलको वोटबाट लडेर कन्चनरुप नगरपालिका-३ घर भएका अनुमानित ४५ वर्षिय सतो खंग (खत्वे)को ज्यान गएको हो ।

कन्चनरुप नगरपालिका-११ स्थित कुसुमलाल साहको फुलबारीमा भएको नरिवलको वोटबाट उनी आज दिउँसो लगभग २ बजे तिर लडेका थिए । नरिवलको वोटबाट लड्दा उनी बेहोस भएको स्थानियहरुले बताएका छन् ।

त्यसपश्चात स्थानियहरुकै पहलमा कन्चनरुप नगरपालिका-११ का वडा अध्यक्ष मो। जिवरिलले आफ्नो प्राइभेट गाडीमा सोही नगरको धर्मेश्वर हस्पिटल लगेका थिए । धर्मेश्वर हस्पिटल लग्नासाथ उनलाई मृत्यु भएको पुष्टि गरेको छ ।

मधेश सरोकार बाट